इलाम – इलाममा जङ्गली च्याउ खाँदा एकैघरका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बू रहेका छन् ।

गत साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँएका उनीहरु बिरामी परेका थिए ।

उनीहरुको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको थियो । उनीहरुको उपचारकै क्रममा नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।