समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।देउवाले प्रधानमन्त्रीको पदभार ग्रहण गरेको १३औँ दिनको दिन आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकी हुन् ।

Advertisement

राष्ट्रपति कार्यालयबाट जारी प्रेस विज्ञप्तिअनुसार प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरेका हुन् ।श्रेष्ठ नेपाली कांग्रेसका सांसद हुन् ।

Advertisement

नवनियुक्त राज्यमन्त्री श्रेष्ठलाई मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । योसँगै मन्त्रिपरिषदको संख्या ६ सदस्यीय भएको छ ।

कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्वास्थ्यमन्त्रालय नेतृत्वविहीन रहेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना भइरहेका बेला राज्यमन्त्री नियुक्त गरिएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article