समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

बुद्ध एअरका दुईवटा जहाज आकस्मिक अवतरण

काठमाडौं । बुद्ध एअरका दुईवटा जहाज आकस्मिक अवतरण गराइएको छ । काठमाडौंबाट उडेका उक्त जहाजहरुलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो ।

Advertisement

काठमाडौंबाट धनगढीका लागि उडेको बुद्धको ९एन–एएमडी जहाज साँझ ६ बजे र काठमाडौंबाट नेपालगन्ज उडेको बुद्धकै अर्को जहाज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो ।

Advertisement

दुवै जहाजका यात्रुसहित चालक दलका सदस्य सुरक्षित रहेका छन् । पहिलो जहाजमा प्राविधिक गडबडी आएपछि र दोस्रो जहाजमा एक यात्रु बेहोस भएपछि दुवै विमानलाई काठमाडौं नै फर्काएर आकस्मिक अवतरण गराइएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article