काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको छ । बिहीबार पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
उक्त बैठकले क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताको विषयलाई पार्टीका शीर्ष नेताले पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको हो ।

बैठकले विवादित विषयलाई समाधान गरेपछि मात्र महाधिवेशनका बाँकी काम शुरु गर्ने निर्णय गरेको जनाइएको छ ।

यस्तै शीर्ष तहका नेताको बैठक अब शुक्रबार बस्ने भएको छ। यही बिषयमा छलफल गर्न भोलि पनि देउवा निवासमा बिहान ११ बजे बैठक बोलाइएको छ।