समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सरकारी स्कार्पिओ खाल्डोमा खस्यो : एकको मृत्यु, पाँचजना घाइते

धनुषा- धनुषामा शुक्रबार बिहान सरकारी नम्बर प्लेटको स्कार्पिओ पिकअप खाल्डोमा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको भंगहा नगरपालिका ९ बस्ने दीपक यादव रहेका छन् । उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घ टनामा परी अन्य ५ जना घाइते भएका छन् । जनकपुर ढल्केबर सडक खण्ड अन्तर्गत लक्ष्मीनिया गउँपालिकास्थित सपहीमा राजमार्गमा पुल निर्माण गर्न खनिएको खाल्डोमा ज-२०-०२-०००१ ख ००३५ नम्बरको स्कार्पिओ खसेको हो।

Advertisement

तिव्रगतिको कारण दुर्घ टनामा परेको बताइएको छ । दुर्घटनामा घाइते भएका पाँचजनाको उपचार प्रादेशिक अस्पतालमै भइरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article