स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रदेश नं १ मा २४ घण्टामा एक हजार १४४ सङ्क्रमित, फेला,१० जनाको मृत्यु

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा एक हजार १४४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस अवधिमा एक हजार १०४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो । आज थपिएका सङ्क्रमितहरूमा एक हजार ९६७ जनाको पीसीआर परीक्षण गर्दा ५८० र एक हजार ६६६ जनाको एन्टिजेन परीक्षणबाट ५६४ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९१ मध्ये विराटनगरमा ५५, सुनसरीमा १८७, झापामा १५७, इलाम र धनकुटामा १६र१६, उदयपुरमा चार, खोटाङ र सङ्खुवासभामा दुईरदुई, ताप्लेजुङ र तेह्रथुममा एकरएक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको छ । सो अवधिमा प्रदेशमा आज ३९७ जना सङ्क्रमणमुक्त भएका छन् ।

Advertisement

सङ्क्रमणमुक्त हुनेमा २२८ महिला र १६९ पुरुष छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सात महिला र तीन पुरुष रहेको मन्त्रालयलले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article