स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीमा ५२ सयले लगाए कोभिड विरुद्धको खोप

हल्दिवारी – झापा । झापाको हल्दिवारी गाउँपालिकामा कोभिड – १९ कोरोना भाइरसको भ्याक्सिन साउन १४ गते सम्म ५२२६ जनालाई लगाई सकिएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताउनुभयो ।

Advertisement

प्रमुख निरौलाका अनुसार कोभिडसिल भ्याक्सिन पहिलो र दोस्रो डोज खोप लगाउनेको संख्या १५६ रहेको छ भने कोभिडशिल पहिलो डोज खोप लगाउनेको संख्या २४२९ रहेको छ ।

Advertisement

त्यस्तै भेरोसिल भ्याक्सिन पहिलो र दोस्रो डोज खोप लगाउनेको संख्या ४७५ रहेको छ भने भेरोशिल पहिलो डोज खोप लगाउने को संख्या २१६६ पुगेको छ ।

हल्दिवारी गाउँपालिका भित्र कोरोना संक्रमण बाट हालसम्म ११ जनाको ज्यान गएको छ भने ५ सय भन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य शाखाका अनुसार भोलि १७ गते आइतबार वडा नम्बर ५ को कन्चश्री बजारमा ५५ बर्ष देखि माथिका छुटेका नागरिक लाई खोल लगाउने व्यवस्था मिलाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article