समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

दमकमा रु १ लाख ६० हजार नगद सहित ६ जना जुवाडे पक्राउ

झापा। दमक नगरपालिका– ८ स्थित पेरुङ्गो होटलमा प्रहरीले छापामा मारेर ६ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा होटल सञ्चालक दमक नगरपालिका– ७ निवासी ३२ वर्षीय पदम सुब्बा, सोही नगरपालिका–५ निवासी २९ वर्षीय कैलाश लिम्बु, सोही ठाउँका ३३ वर्षीय मोहन ढुङ्गाना, वडा नं ६ निवासी ३८ वर्षीय द्रोणाचार्य कार्की, सोही ठाउँका ५० वर्षीय प्रेम सुब्बा र ५० वर्षीय भीम सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन् ।

Advertisement

सुब्बाले सञ्चालन गरेको पेरुङ्गो होटलको दोस्रो तलामा कोठामा जुवातास खेल भइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले शनिवार दिउँसो ४ः ४० बजे छापा मारेको थियो ।

प्रहरीले छापा मारेर उनीहरूसहित जुवा खालबाट नगद एक लाख ६० हजार, तीन बुक तास बरामद गरेको डिएसपी थापाले बताए । पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जनाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article