साहित्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

तुइन र धामी का सपनाहरू : राम कट्टेल 

मुस्किलले सर्दै सर्दै सीमा पारी
तिमीहरू को जमिन नजिक पुग्नै लाग्दा
चुडाई दियौ एकै झडकामा
जय सिंह धामी का सपनाहरू
न दया न माया
चिच्याउदै उर्लदो भेलमा बग्दै गएको जय सिंह
खुसी हुदै हेरि रह्यौ
बिना कसुर कप्टी चालले मृतुदण्ड दियौ
उनी बम बोकेर गई रहेका थिएनन
निश्छल मन का मान्छे , मित्रता को प्रेम बोकेर
मन जीति गई रहेका थिए
यसै पनि तुइन सहज पुल हुँदै होईन
हत्केलामा ज्यान थापेर
चमेरा झै तुन्द्रुङ्ग झुण्डिदै
या डोकोमा वारी पारी गर्नु पर्ने कठोर सजाय हो
तल बिशाल माहाकाली नदी
तुफान मच्चाउदै उर्लेको बाढी
मुटु कमाउने गर्जन
तुइन चडने रहर हुदै होईन दार्चुलाबासीहरूको
अलिकति पनि बाध्यता बुझिदिएनौ जय सिंह को
घरमा मनग्गे खान लाउन भएको भए
बिदेशमा रगत पसिना बगाउन किन मरीहत्ते गर्थे धामी
त्यो पनि कोरोना महामारी को जोखिममा
हो , जय सिंह को सरकारले पक्की पुल त टाढै को कुरा
झोलुङ्गे पुल को पनि सपना मात्र देखाई रह्यो
अनि ,आफ्नै सदरमुकाम सहजसंग पुग्न
अर्काको सीमा पारी टेक्नै न पर्ने
मीठो कल्पना को योजनामा मात्र झुलाई रह्यो
त्यसैले पनि जय सिंह को सरकार कमजोर ठानेर
अनाहकमा हेप्न पुग्यौ कि तिमीहरूले
तर तिमीहरू , आफुलाई हेर त
युद्ध को मैदान पनि होइन
पूर्व सुचना दिएर पनि होईन
बिच खोलामा पुगे पछि तुइन काटुला भनेर
ढुकेर बस्ने कायर जवानहरू
बास्तवमा तिमीहरूको कायरता देखेर
बिश्वका बीरहरूको शिर लाजले झुकेको हुनुपर्छ
सीमा रक्षक आफ्ना यसयसबीहरूको करतुत देखेर
भारतिय सरकार मात्र होईन भारतिय जनताहरू पनि
लज्जित भएको हुनुपर्छ
हेरौं, निर्दोष सरल साधरण परिवारको जय सिंह को आत्माले
कसरी शान्ति र न्याय पाउने छ
अनि नेपाली जय सिंह धामी को देशवासीहरूको
स्वाभिमानले कसरी जुरुक्क शिर उठाउन पाउने छ ।
–  राम कट्टेल 
धुलाबारी, मेचीनगर

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article