नेकपा एमालेले विभिन्न ९ विभाग बनाएको छ । सोमबार बसेको पार्टीको स्थायी कमिटी बैठकले विभिन्न ९ विभाग गठन गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बैठकपछि जानकारी दिए ।

उनले बैठकले पार्टीलाई नयाँ ढंगले अघि बढाउने निर्णय गरिएको बताए । यस्तै उक्त बैठकले संगठन विभाग, संसदीय विभाग, आर्थिक विभाग, प्रचार विभाग, पर्यटन प्रबद्र्धन विभाग लगायतका विभाग गठन गरेको प्रवक्ता ज्ञवालीले बताए ।

बैठकले पार्टीको संगठन विभागमा विष्णुप्रसाद पौडेल, प्रचार विभागमा प्रदीपकुमार ज्ञवाली, पर्यटन प्रवद्र्धन विभागमा भानुभक्त ढकाल, आर्थिक विभागमा विष्णु रिमाल, स्कूल विभागमा अध्यक्ष केपी शर्मा ओली, संसदीय विभागमा सुवासचन्द्र नेम्वाङ, विदेश विभागमा राजन भट्टराई, निर्वाचन विभागमा अग्नि खरेल, स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र पराजुलीलाई जिम्मेवारी दिएको छ ।
यसअघिको बैठकमा एमालेले राष्ट्रिय महाधिवेशनअघि भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ