समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सिंहदरबारबाट सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिदै

काठमाडौँ २४ साउन । आज आइतबार सिंहदरबारबाट अपरान्ह्र सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेका छ ।

Advertisement

सत्ता गठबन्धनका शीर्ष नेताहरुको सहभागीमा सरकारको न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको हो । त्यस भन्दा अघि अहिले १० बजे कार्यदल संयोजकर शीर्ष नेताहरुबिच छलफल हुने कार्यदल संयोजक पूर्णबहादुर खड्काले जनाएका छन् ।

Advertisement

कांग्रेस नेताहरु पूर्णबहादुर खड्का, डा। मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी नेताहरु देव गुरुङ र वर्षमान पुन तथा जसपा नेताहरु महिन्द्र राय यादव र राजेन्द्र श्रेष्ठको सहभागिता रहेको कार्यदलले साझा कार्यक्रम मार्फत मन्त्रीहरुको आचारसंहिता, सरकारका प्राथमिकता, संघीयता सुदृढीकरणलगायत विषय समेटिएको जनाइएको छ ।

सत्ता गठवन्धनमा सरकारमा कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु रहेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article