समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

वैदेशिक रोजगार : जागिरको प्रलोभनमा बर्सेनि एक अर्ब रूपैयाँ लुट

काठमाडौं,  म्यानपावर कम्पनी र दलालहरूले विदेशी मुलुकमा आकर्षक रोजगारीको प्रलोभन देखाएर सोझा एवं गरिब नेपाली युवाबाट वार्षिक एक अर्ब रूपैयाँ हाराहारीमा लुटिरहेका छन्।

Advertisement

म्यानपावर कम्पनी र दलालहरूले मिलेमतोमा सुरक्षित एवं भरपर्दो काम र आकर्षक तलबसुविधा देखाएर मोटो रकम लिई युवालाई विदेश पठाउने गरेका छन्। तर भनिएअनुसार काम र सुविधा पाउनुको सट्टा विदेश पुगेका युवा अलपत्र पर्ने गरेका छन्। यसरी प्रलोभनमा पारेर मिलेमतोमा लुटिएको रकम वार्षिक औसतमा एक अर्ब रूपैयाँ हाराहारी छ।

Advertisement

वैदेशिक रोजगार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७र७८ मा मात्र म्यानपावर कम्पनी र दलालहरूले नेपाली युवाबाट एक अर्ब ३२ करोड रूपैयाँ लुटेका छन्। उक्त आर्थिक वर्षभरिमा विभिन्न विदेशी मुलुकमा आकर्षक रोजगारीमा लगाउने आशा देखाएर पठाइएका युवाले आफूहरू ठगिएको भन्दै विभागमा उजुरी दिएका थिए। ती युवाले विदेश जान आफूहरूले एक अर्ब ३२ करोड रूपैयाँ बुझाएको दाबी गर्दै असुलउपरका लागि विभागसमक्ष निवेदन पेस गरेका थिए।

गत वर्ष मात्र होइन, विभागको तथ्यांकअनुसार पछिल्ला ६ वर्षमा यस्तै प्रलोभनमा पारेर नौ हजार एक सयजनालाई अलपत्र पारिएको छ भने उनीहरूबाट करिब पाँच अर्ब रूपैयाँ लुटिएको देखिएको छ। विभागले यो रकम असुलउपर गर्नुपर्ने भनेको छ।

विभागको तथ्यांक हेर्दा एक वर्षमा औसतमा एक हजार पाँच सय १६ युवा प्रलोभनमा पर्ने र लाखौं रकम गुमाउने गरेको देखिएको छ। वैदेशिक रोजगारीमा ठगिए पनि कतिपय युवाले विभागमा उजुरीसमेत दिँदैनन्। विभागमा दर्ता नभएका उजुरीलाई समेत आधार मान्ने हो भने बर्सेनि एक अर्ब रूपैयाँ हाराहारी रोजगारीका नाममा ठगी हुने गरेको आजको नागरिक दैनिकमा रुद्र खड्काले खवर लेखेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article