हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

विद्यार्थीले प्रवेश पत्र देखाएर कोरोना खोप लगाउन पाउने

काठमाडौं । सरकारले विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षार्थीलाई प्रवेश पत्रका आधारमा खोप लगाउने व्यवस्था मिलाउने निर्णय गरेको हो।

Advertisement

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले विश्वविद्यालय तहका परीक्षार्थीहरूले प्रवेशपत्रका आधारमा काठमाडौँ उपत्यकामा नेपाली सेना,नेपाल प्रहरी तथा सशस्त्र प्रहरी अस्पताल र चक्रपथस्थित राधास्वामी आइसोलेसन केन्द्रमा कोभिड–१९ विरुद्ध खोप प्राप्त गर्न सकिने जनाएका छन् । यसबाहेक सबै प्रदेशबाट परीक्षार्थीहरूलाई खोप वितरणको व्यवस्था गरिने समेत उनले बताए ।

Advertisement

विश्वविद्यालय तहका परीक्षार्थीहरूले प्रवेशपत्रका आधारमा काठमाडौँ उपत्यकामा नेपाली सेना,नेपाल प्रहरी तथा सशस्त्र प्रहरी अस्पताल र चक्रपथस्थित राधास्वामी आइसोलेसन केन्द्रमा कोभिड–१९ विरुद्ध खोप प्राप्त गर्न सक्नुहुन्छ। यसबाहेक सबै प्रदेशबाट परीक्षार्थीहरूलाई खोप वितरणको व्यवस्था छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)