हल्दिवारी गाउँपालिका वडा नम्बर १ का औषधि व्यवसायी ,स्वास्थ्य कर्मी षडानन्द नेपालको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

हल्दिवारी १ गोलधाप बजारमा लामो समय देखि मेडिकल संचालन गर्दै आएका नेपाल डाक्टरले परिचीत उनको बिर्ता सिटि अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको वडा अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिएका छ्न ।

उनी सगै हल्दिवारीमा कोरोना संक्रमण बाट १३ जनाको मृत्यु भएको छ भने करिब ६ सय जनालाई कोरोना संक्रमण भएको स्वास्थ शाखा हल्दिवारीले जनाएको छ ।