हल्दिबारी न्यूज डेक्स – इटहरी ,२९ साउन /नेपाली नागरिक पार्टी कोशी व्यूरोको बैठक इटहरीको तरहरामा सम्पन्न भएको छ।

राष्ट्रियता,बैकल्पिक लोकतन्त्र, संबिधान संशोधन सभा को माध्यमबाट ‘सनातन हिन्दूराष्ट्र नेपाल’को पक्षमा आन्दोलन गर्ने ,हाल देशको हित विपरित हुन लागेको बिदेशी परियोजना एमसीसी देश र नेपाली नागरिकको घातक भएको ठहर गर्दै बर्तमान सरकारले संसदबाट पास गर्ने तयारीमा रहेको अबस्थामा उक्त सम्झौता पारित गर्नबाट रोक्न दबाबमूलक आन्दोलन गर्ने, हत्या,बलत्कार,देशमा भईरहेको बढदो इसाई धर्मान्तरण, नेपाल भारत सिमा क्षेत्रमा भारतीय पक्षबाट हुने गरेको नेपाली नागरिक माथीको ज्यादती का बिरुध्द समेत भण्डाफोर अभियान चलाउने निर्णय गरेको छ।

पार्टी कोनी ब्यूरो इन्चार्ज राज कुमार गिरी को अध्यक्षता र पार्टी राष्ट्रिय अध्यक्ष रामचन्द्र बानियां क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले भ्रष्टचारी, कालाबजारी,जातीय बिभेद लगायत सामाजिक अपराधका प्रमुख बिषयलाई लिएर संघर्ष गर्ने निर्णय गरेको छ।
बैठकले बर्तमान संसदीय शासन ब्यबस्था धर्म निरपेक्षताका कारण देशमा बढदो जातीय-धार्मिक व्दन्द, र इसाई धर्मान्तरण को खतराबाट नेपाली समाजको एकतालाई भत्काउने देशी-बिदेशी खतरा बढेकोले देशमा धर्म निरपेक्षता सहितको बर्तमान संसदीय ब्यबस्थाबाट बिध्यमान राष्ट्रिय समस्याको समाधान नदेखिएको हुदा पार्टी ले अघि सारेको “सनातन हिन्दूराष्ट्र नेपाल “‘सहितको नबिन बैकल्पिक लोकतांत्रिक ब्यबस्थाको पक्षमा ‘जनमत संग्रह’को मांग लाई नेपाली नागरिक बीच गई अभियान चलाउने निर्णय गरेको छ ।