हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सर्वोच्च अदालतको घरघरमै गएर कोरोना खोप लगाइदिन आदेश

काठमाडौं । सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने जेष्ठ नागरिकसहितलाई घरघरमै गएर कोरोनाभाइरसविरुद्धको खोप लगाइदिन सरकारको नाममा अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता प्रवेश केसीले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएका दुवै आँखा नदेख्ने नागरिकहरुको लगत संकलन गर्न र घरघरमा पुगेर कोरोनाविरुद्धको खोप लगाउन सरकारको नाममा अन्तरिम आदेश दिएको हो ।

Advertisement

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)