हल्दिबारी न्यूज डेक्स बिराटनगर , ३१साउन /नेपाली नागरिक पार्टी धनुषा जिल्ला इन्चार्जमा जनकपुर मुजेलियाका चन्द्रिका ठाकुरलाई पार्टी केन्द्रिय समितिको बैठकले मनोनयन गरेको छ ।

बिगत लामो समयदेखि राष्ट्रिय नागरिक अभियानमा संलग्न रही “सनातन हिन्दूराष्ट्र नेपाल” को पक्षमा सक्रिय रहेर साथ, सहयोग पुरयाउदै आएका ठाकुरको निरन्तर सहयोगको स-सम्मान गर्दे पार्टी केन्द्रिय समितिले निर्णय गरेको हो ।

पार्टी राष्ट्रिय अध्यक्ष रामचन्द्र बानियां क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको पार्टी प्रेस संयोजक देवेन्द्र आलोकले जनाए ।
सामाजिक तथा धार्मिक ब्यक्तित्ब ठाकुर सामाजिक तथा धार्मिक अभियन्ता रहेको र लामो सरकारी सेबाबाट निबृत भई सनातन हिन्दूराष्ट्र नेपाल को राष्ट्रिय अभियानमा सक्रिय रहने प्रतिबद्धता का साथ आएको ब्यक्तित्ब राष्ट्रबादी बिचारका देशभक्त नागरिक भएको प्रेस नोटमा उल्लेख छ ।