हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कुलमानको नियुक्ति बदरको माग गर्दै हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत गए

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत गएका छन् ।

Advertisement

शाक्यलाई हटाएर कुलमानलाई प्राधिकरण प्रमुखमा ल्याएपछि उनी आफूलाई प्राधिकरणमै थमौतीको माग राख्दै सर्वोच्च अदालत गएका हुन् । प्राधिकरणमा कुलमानको नियुक्ति ‘बदर गरिपाउँ’ भन्दै शाक्यले सर्वोच्च रिट दायर गरेका हुन् ।

Advertisement

आफूलाई हटाएको आधिकारिक पत्र प्राप्त नगरेको र कुलमान ल्याउने कार्य पनि संविधानसम्मत नरहेको जिकीर गर्दै शाक्यले आफूलाई प्राधिकरणमै थमौती गर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् ।

सरकारले कुलमानलाई प्राधिकरणमा नियुक्त गर्दै शाक्यलाई सचिव सहरको सेवा सुविधा दिइ ऊर्जा आयोगमा ४ वर्षका लागि नियुक्ति गरेको थियो । आयोगमा नियक्त गरिएपछि उनी अदालत नजाने सरकारको अपेक्षा थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)