हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

बाह्रदशीका नारायण प्रसाद रिजाल बचाउ अभियानले सार्वजनिक गर्‍यो खर्चको विवरण

बाह्रदशी ,झापा । झापाको बाह्रदशी ५ का नारायण प्रसाद रिजाल नरिबल टिप्ने क्रममा लडेर सक्त घाइते भएका थिए । उनको मेरुदण्डमै असर परेको र उपचारको लागि न्युरो अस्पतालले ४० लाख लाग्ने र उपचार काठमाडौमा मात्र सम्भव भएको बताए पछि परिवार जन उनलाई लिएर घरमै फर्किए ।

Advertisement

अति विपन्न रिजाल परिवारको काठमाडौ सम्म पुग्ने अवस्था समेत थिएन । सामाजिक अभियान्ता गङ्गामाया नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग सस्थाका अध्यक्ष भुपाल बस्नेतले उक्त कुरा थाहापाएपछी रिजालको उपचार सम्भव भएको स्थानीय समाजसेवी नरप्रसाद खरेल बताउछ्न । बस्नेतकै पहलमा रिजाललाई काठमाडौ स्थित ट्रमा सेन्टरमा उपचार गरि हाल उनकै घरमा ल्याइएको छ ।

Advertisement

डाक्टरको सल्लाह अनुसार २ महिना बेड रेस्ट गर्नुपर्ने भएकोले १ हप्ताको उपचार पछि उनी घर फर्कन सफल भए । बिराटनगरमा ४० लाख लाग्ने बताए पनि उनको हाल खर्च सबै गरेर १ लाख २५ हजार भएको उनलाई काठमाडौ लिएर जाने चन्द्र मणि ढुंगानाले बताए । उनी भन्छ्न भुपाल जि ले हामीलाई यहाँ देखि काठमाडौ सम्मै सहयोग नगर्नु भएको भए ,उपचार पनि हुने थिएन ? पैसा पनि सकिन्थ्यो या घरमै पैसाको अभावले बिरामीको ज्यान जान्थ्यो ।

ढुंगाना भन्छ्न भुपालले नेपाली काङ्ग्रेसका नेता पुर्व उपप्रधानमन्त्री कृष्ण प्रसाद सिटौलालाई बिरामीको बारेमा बताए पछि बिरामि भेट्न अस्पतालमै पुगेका सिटौलाले त्यहाँको सबै उपचार अस्पताल बाटै निशुल्क हुने बाताबरण मिलाए पछि बिरामी र उनको परिवारलाई अब बाचिन्छ भन्ने आस आएको बताए । उनको थप उपचार २ महिना पछि सिटौलाले गरिदिने आश्वासन दिएको भुपाल बस्नेतले बताए ।

बस्नेतका अनुसार बाह्रदशी गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था मिलाई दिएको थियोे भने वीर अस्पतालका निर्देशक भुपेन्द्र बस्नेत र सिटौलाको सहयोगबाट माया मारेकोमान्छे लाई सामान्य अबस्थामा उपचार पछि घरमै ल्याउन सकिएको छ ।

साउन ९ गते नरिबलको रुखबाट लडेका रिजालको उपचाररत स्थानीयहरुबाट बनेको रिजाल बचाउ अभियानले ४ दिनमा उठाएको सहयोग ९५ हजार ८ सय ९० आज एक कार्यक्रमको बिच समितिका अध्यक्ष नरप्रसाद खरेलले रिजाल कि श्रीमती डम्बादेवी लाई हस्तान्तरण गरेका छ्न । उक्त अवसरमा अभियानमा जोडिएका सबैको रिजालको घरमा उपस्थित रहेको थियोे भने सहयोग पुर्याउने सबैमा समितिले धन्यवाद दिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)