हल्दिबारी डटकम
Hover Ad Article
बिचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

‘ कुर्सी अधिवेशन कि महाधिवेशन ‘ : राज कुमार कार्की

जब राति बूढी ताती भने झैँ बेलान कुबेला बजिनला नेपाली काङ्ग्रेसको महाधिवेशन गर्ने भन्ने कुरो आकाशवाणी भयो। देश र जनताको निम्ति प्रजातन्त्रको निम्ति यो शरीरमा प्राण भरे जस्तै नै हो भन्दा दुइमत नहोला। देशको ठूलो एक मात्रै प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेसको यो एउटा कुम्भ मेला जस्तै नै हो।

Advertisement

देश गणतन्त्रमा गएपछिको यो पहिलो चुनाव हो त्यसैले यो चुनावलाई विषेश महत्वका साथ हेरिदैछ भनि रहेका छन् राजनीतिका पण्डितहरु। बि पि को विचार बोकेको यो पार्टीको हरेक क्रियाकलापलाई नजिकैबाट निहालिरहेका हुन्छन् देशीविदेशीहरु। जुनसुकै कुरो पनि नयाँ भन्ने बित्तिकै आहा १ कस्तो नै होला के होला भनेर सबैको मनमा खुल्दुलीको वादल मडारिनु स्वाभाविक नै हो। देशमा भएका ठूल्ठूला परिवर्तन देखि छिमेकी मुलुक भारतमा बाट अङ्ग्रेजहरु भगाउनमा नेपाली काङ्ग्रेसले खेकेको भूमिकाको महत्त्व इतिहासमा सुनौलो अक्षरले लेखिएको कुरा तपाई हाम्रा सामु छिपेको छैन। देशमा भएका हरेक परिवर्तनमा नेपाली काङ्ग्रेसले अहम् भुमिका खेलेको छ। चुनाव हुनु आफैमा सुखद कुरो हो।

Advertisement

नेतृत्व मात्रै परिवर्तन भएर केही हुनेवाला छैन। नवीन विचार नवीन सोच नवीन जोस जागर हुनु जरुरी छ।

सधै झै यो अधिवेशन नेतृत्व चयन गर्ने मात्रै नबनेर नितिको बारेमा छलफल हुनु जरुरी छ।त्यसको लागि गाउँ गाउँ टोल टोलमा नेपाको होइन नितिको छलफल हुने वातावरण के बन्ला तरु यी गुटका धारहरु जबसम्म नितिको बहस हुँदैन तब सम्म जिवित नै रहनेछन् जसमा दुइमत छैन।यो खालि अधिवेशनको लागि मात्रै अधिवेशन कुर्सी पाउनको लागि मात्रै कुर्सी अधिवेशन नबनोस।के विचारको मन्थन गर्न वर्तमान अबस्था सहज छ त रु पुरानो रक्सी नयाँ बोतलमा भएर बजारमा ल्याए भन्दा के भिन्न होला तरु के कार्यकर्तालाई पूर्णकालिन बनाउनु नपर्ने नै हो तरु तिनको जिविकोपार्जन तर्फ नेतृत्वले ध्यान दिने कि नदिने रु बिना तेलको गाडी कसरी चल्छ त रु यावत कुराहरूको हल यो अधिवेशनले गर्नु पर्छ। नेपाली काङ्ग्रेसको अबको अर्थ निति के हो त स्पष्ट रुपमा खाका कोरिनु पर्छ।

बि पि को विचार व्यवहारमा लागु गर्ने कि नगर्ने रु बि पि ले भने झैँ प्रत्येक नागरिकको आफ्नो निजी घर होस् जोत्ने हल गोरु होस भकारी भरि अन्न होस गरिबका छोराछोरी पनि विद्यालय पढ्न जान सकुन् आदिका बारेमा के छलफल हुनु जरुरत छैन रु समग्रमा हेर्दा यो महाधिवेशन नै हो कि त कुर्सी अधिवेशनरु तमाम कुरोको हल कार्यकर्ता र जनताले मागेका छन्।
धन्यवाद।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)