हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रदेश १ का सामाजिक बिकाश मन्त्री साम्सोहाङद्धारा कोभीड अस्पतालको अनुगमन , अस्पताल लाई दिए यस्तो निर्देशन !

प्रदेश १ मा आएको राजनितीक उथलपुथलले अहिले सबै परिवर्तन भएको छ । मुख्यमन्त्री देखी लिएर मन्त्रीहरु समेत सबै नायँ अनुहार रहेका छन् । यसैक्रममा केही दिन अघि सपथ लिएका सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले आफ्नो कार्य प्रभाव देखाउन सुरु गरेका छन् ।

Advertisement

उनले प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको आज अनुगमन गरे । मन्त्री साम्सोहाङले कोभिड अस्पतालमा उपचाररत विरामीको अवस्था, आईसीयु, एडियू वेड लगायतका बारेमा अस्पतालका संयोजक वैद्यनाथ साह, चिकित्सक, स्वाथ्यकर्मीसँग जानकारी लिएका थिए , उनले कोरोना संक्रमितको उपचार प्रभावकारी र कुनै गुनासो नआउने गरि गर्न निर्देशन दिए ।

Advertisement

कोभिड संयोजक साहले अस्पतालमा अहिले बेडको अभाव नभएको मन्त्री समक्ष जानकारी गराए । मन्त्री साम्सोहाङले कोभिड अस्पतालको प्रशासनिक कार्य उपचार केन्द्रको खाली भवनबाट गर्नेगरि व्यवस्थापन मिलाउन निर्देशन दिएका छन् । उनले भने ,‘ टेन्टबाट भन्दा खाली भवन मर्मत गरेर सञ्चालन गर्नुहोस् ।’

प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताल आईसीयु, एसडीयू, भेन्टिलेटर सहित गरि ९६ वेडको रहेको छ । कोभिड अस्पतालको सामाजिक विकास मन्त्री साम्सोहाङ, मन्त्रालयका सचिव कमलप्रसाद भट्टराई लगायतले अनुगमन गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)