समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

माओवादी केन्द्रको युवा संगठन वाईसीएलले गर्यो यस्तो निर्णय !

माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालले अध्यक्ष विनानै नयाँ केन्द्रीय समिति घोषणा गर्ने निर्णय गरेको छ । आज (मंगलबार)जारी बन्दसत्रले अहिले केन्द्रीय समिति घोषणा गर्ने र सोही समितिले नै अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।

Advertisement

यही विषयमा छलफल गर्न वाईसीएल नेताहरु पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेका थिए । छलफलमा अध्यक्ष प्रचण्ड पनि सहभागी हुने केन्द्रीय समितिको बैठकले नयाँ नेतृत्व चयन गर्ने र अहिले केन्द्रीय सदस्यहरुमात्र घोषणा गरेर भेला टुंग्याउने कुरा भएको वाईसीएलका एक नेताले जानकारी दिए ।

Advertisement

वाईसीएलको नयाँ अध्यक्षमा सुमन देवकोटा र सुवोध सेर्पालीले दाबी गर्दै आएका छन् । वाइसिएलको राष्ट्रिय भेला भर्चअुल विधिबाट भदौ १२ गतेदेखि सुरु भएको थियो । भेला १३ गते सक्ने योजना भएपनि नेतृत्वको विषय टुंगो नलाग्दा भेला लम्बिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article