समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

गोरु काट्दै गरेको अवस्थामा ५ जना पक्राउ

काठमाडौँ शंखरापुर नगरपालिका ३ ढोक्साङमा गोरु काट्दै गरेको अवस्थामा प्रहरीले बिहिबार पाँच जनालाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ हुनेमा शंखरापुर नगरपालिका( ३ बोजेनी बस्ने ६५ वर्षीय सन्त बहादुर वाईबा लगायत ५ जना रहेका छन् ।

Advertisement

उक्त ठाउँमा २ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी उनीहरुलाई महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले करिब ५ सय किलो गोरुको मासु सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article