स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

बिपीमा सेबा बहिष्कार ,आन्दोलन प्रति नागरिक पार्टीको आपति

हल्दिबारी न्यूज डेक्स – बिर्तामोड ,भाद्र १९/ ३ महिनादेखि आन्दोलन गरेको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षले आइतबारबाट प्रतिष्ठानमा सेबा बहिष्कार गर्ने घोषणा गरेपछि उक्त निर्णयको नेपाली नागरिक पार्टीले कडा शब्दमा भर्त्सना गरेको छ।

Advertisement

प्रतिष्ठान संचालनको आफ्नो नीति नियम, कार्यक्रम रहेको र समस्याको ठोस समाधान खोज्नु पर्नेमा निजी स्वार्थमा ं तल्लिन रही कथित समूहको आडभरोसामा स्वास्थ्य जस्तो सम्बेदनशीलता प्रति नागरिकको जीवन रक्षाको लागि सेबा दिने कार्यमा अबरोध गर्नें ध्येयले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र देशको गरिमा्लाई अन्तरा र्ष्ट्रिय मंचमा धक्का पुरयाउने पक्ष संग छलफल नगरि मनमानी ढंगले अराजक तौर तरिकाले गरेको उक्त आन्दोलनको कडा शब्दमा भत्सर्ना र निन्दा गरेको बिज्ञप्तिमा उल्लेख छ ।

Advertisement

पार्टी अध्यक्ष रामचन्द्र छेत्री तथा प्रबक्ता देवेन्द्र किशोर ढुंगाना व्दारा संयुक्त हस्ताक्षरित सो बिज्ञप्तिमा पदाधिकारीहरुको राजिनामा वा कार्बाहीको सवालमा सरकारको उच्चस्तरीय छानबीन समिति तथा अख्तियार दुरुपयोग अनुसंधान आयोग सम्मानित निकायको प्रतिबेदनको निर्णयको सम्मान गर्दै गुण र दोषको आधारमा निर्णय गरेर समस्याको समाधान गर्न जोडदार मांग गरेको छ ।

बिज्ञप्तिमा तर यसको बिपरित स्वास्थ्य क्षेत्रलाई आतंकित बनाउने, नागरिकको स्वास्थ्य सेबा प्रति गम्भीर रूपले धक्का दिने कसैलाई छुट नभएको सुझाएका छन। अन्यथा जस्तोसुकै कदम चाल्न बाध्य हुने र सम्भाबित दुर्घटनाक़ो जिम्मेबारी आन्दोलनकारीले लिनु पर्ने प्रति पार्टीले ध्यानाकर्षण गगराएकों छ । -कमला भट्टराई

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article