समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

बिहेको प्रलोभन दिएर गर्भवती बनाइ केटा चम्पट

हल्दिबारी न्यूज डेक्स  :   महोत्तरी /ललाइ फकाइ बिहेको प्रलोभन दिई करिब एक बर्ष सम्म यौन शोषन गरि राखीएको थियो। केटी गर्भवती भए पछी केटा  फरार भएका छन।
सिरहा जिल्लाको चिकना भोकराहा बस्ने १६ बर्षिय चम्पा महरा(नाम परिवर्तन) करिब एक बर्ष पहिले चकवा कल्यानपुर बस्ने संतोष साह सोनारले ललाइ फकाइ बिहेको झुठो प्रलोभन दिएर लगेका थिए। उनी सिरहाको लहानमा कोठा भाडामा लिइ बसे। संगै बसेको कारन चम्पा गर्भवती बने त्यस पछी संतोषले अलपत्र अवस्थामा छोडी भागेका छन। संतोष साह लहान क्षेत्रमा ट्रक, टिपर तथा जे सि बी चलाउने गर्छ।
अलपत्र अवस्थामा छोडेर गए पछी चम्पा आफ्नो दिदी काहा बस्न आए। अहिले उनी छोरी लाई जन्म दिएकी छीन। उनी जनकपुर स्थित प्रदेशिक अस्पतालमा छोरी जन्माएकी छीन त्यति बेला समाज सेवी राजाराम जी ले आर्थिक सहयोग गरी आमा छोरीलाइ बचाउन सफल भएका थिए। खान र बस्न केही पनि नभएको कारन चम्पा अहिले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका ७ किसानपुरमा प्रती महिना एक हजारको दरले कोठा भाडा लिइ बसेकी छिन।
केटा संग गएको केही दिन पछी देखी मलाइ मार्ने प्रयासमा रहेको छ, बेला बेला मुख थुनेर, घाँटी थिची मार्ने प्रयास केटाले गर्थ्यो र अहिले आएर मोबाइलको नम्बर समेत ब्ल्याक लिस्टमा राखेको छ र कहिले काहीँ फोन गरि धाक धम्की दिने गरेको कुरा पिडित चम्पा महराले बताएकि छीन। प्रेम जालमा फसाउने समाज बिरोधी संतोषलाइ कानुनी र समाजिक सजायको माग समेत चम्पाले गरेकी छीन।
पिडित चम्पपाको बस्न र खान नभएको कारन विभिन्न संघ संस्थाहरुले आर्थिक तथा खाधान्न सहयोगमा जुटेका छन। उनको अवस्था बारे जानकारी भएपछी रबिदास समाज सेवा कतार टिमले रु २६ हजार आर्थिक सहयोग गरेका छ्न।-कमला भट्टराई
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article