समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

जलथल जङ्गल जैविक विविधताको दृस्टिकोणले एसियाकै महत्त्वपूर्ण बन : जङ्गलको बिचबाट बाटो निकाल्नु भनेको भावी पुस्ताको लागि अभिषाप !

नेत्र विक्रम विमली : जलथल l पुर्वाधार विकास कार्यालय ,झापा द्वारा प्रस्ताव गरिएको मेची राजमार्ग बागाडागी- उत्तर सितागढी – बालुवाडी – हल्दिवारी -बिर्तामोड सडक( १७.३९ कि. मि ) को स्तरोन्नतिको प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन सार्वजनिक सुनवाइ कार्यक्रम मार्फत  प्रस्तृत भएको छ ।

Advertisement
एसियामै जैविक बिबिधता भएको जङ्गल मध्ये १ नम्बरमा परेको ” जलथल जङ्गल “ बिगत २ बर्षदेखी फरेट एक्सन नेपालको सहयोगमा अध्यन अनुसन्धान भइ रहेको छ ।
करिब ६३ सय हेक्टर क्षेत्रफलमा रहेको जलथल जङ्गल जैविक विविधताको दृस्टिकोणले एसियाकै महत्त्वपूर्ण बन हो ।
                                                                फोटो :  नेत्र विक्रम विमली 
सार्वजनिक सुनवाइ कार्यक्रममा हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिंगदेनले विकासको नाममा विनास मान्य नहुने भन्दै संरक्षण गर्नु पर्ने बनलाई खण्ड – खण्ड गर्ने काम नगर्न सरोकारवालाहरुलाई सुझाव दिए । केही व्यक्तिहरुको हितको लागि जङ्गलको बिचबाट बाटो  निकाल्नु भनेको भावी पुस्ताको लागि अभिषाप हुने बताए । सार्वजनिक सुनवाइ जस्तो कार्यक्रम आफुले समेत १० मिनेट अगाडि थाहापाएको जिकिर गरे ।
                                                                  फोटो सौजन्य : फरेट एक्सन नेपाल 
उक्त कार्यक्रममा जैविक विविधता विशेषज्ञ डा. लिलानाथ शर्माले जलथल जङ्गलको विशेषता ,प्रभाव , संकाटापन्न तथा दुर्लभ वन्यजन्तु ,चराचुरुङ्गी र वनस्पतिहरुको बारेमा जानकारी दिदै जङ्गलको बिचबाट ६.७ कि. मि बाटो जैविक विविधताका कारणले निकाल्नु भनेको  विकासको नाममा दुर्घटना हुनसक्ने भन्दै सचेत र सजग रहन सरोकारवालालाई सचेत गराएका थिए ।
 उनले जलथल वन संकटापन्न जिवजन्तु र दुर्लभ वनस्पतिको बासस्थान भएकोले यसलाई यहाँका सामुदायिक बनहरुबाट  संरक्षणका लागि गरिएको प्रयास महत्त्वपूर्ण रहेको  बताए 
त्यस्तै वडा नम्बर २ का अध्यक्ष राजेन्द्र योङहाङ्ग्ले लाखौं  डलर कमाउने सकिने जलथल जङ्गलको बिचबाट बाटो बनाउनु नहुने भन्दै बनको वरिपरि रिङ्गरोड बनाएर  प्रकृतीले दिएको स्वर्गको टुक्रालाई पर्यटनको आखामा पुर्याउनु पर्नेमा जोड दिएका थिए ।
त्यस्तै वडा नम्बर ४ का कार्यवाहक अध्यक्ष केदार प्रसाद उप्रेतीले बनको बिचबाट बाटो बनाउदा चोरीपैठारी देखि बनको संरक्षण समेत हुने हुँदा विकासको नाममा रोकावट नगर्न सरोकारवालालाई आग्रह गरे ।
                                                                फोटो सौजन्य : फरेट एक्सन नेपाल 
उक्त कार्यक्रममा आफ्नो धारणा राख्दै पाथीभरा कालिका सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष चिरञ्जीवी पौडेलले आफुहरुले बिचबाट बाटो बनाउन कुनै सहमति नदिएको भन्दै जङ्गलका रुखमा रेखांकन गरिएकोमा आपत्ति जनाए ,। हामीहरु रात दिन बनको संरक्षणमा लागि परेको अवस्थामा जैविक विविधता र औषधिको खानिको रूपमा भएको जङ्गलको बिचबाट बाटो निकाल्न नदिने भन्दै २२ वटै सामुदायिक बन आन्दोलनमा उत्रने बताए ।
जिल्ला वन कार्यालय झापाका रेन्जर कृष्ण सिवाकोटीले  वनको बिचबाट बाटो निकाल्ने कुरामा वन कार्यालयको असहमत रहेको बताउदै ,जलथल जङ्गलको बाटोको बिषयमा अख्तियार दुरुपयोग आयोगमा मुद्दा समेत परेको हुँदा  , जैविक विविधताको यस वनलाई सबै मिलेर जोगाउनु पर्नेमा जोड दिएका थिए ।
जलथल जङ्गलकै विषयमा कलम चलाउदै आउनु भएका स्तम्भकार कमल मादेनले सार्वजनिक सुनवाइ कार्यक्रम माथी नै प्रश्न उठाएका थिए । सिमित व्यक्तिलाई बोलाए गरिएको सुनवाइ नभए र जनतालाई धोका दिएको भन्दै विनास तिर नलाग्न आह्वान गरेका थिए ।
                                                                        फोटो  :  नेत्र विक्रम विमली
सार्वजनिक सुनवाइ  जस्तो बिषयलाई गुपचुप तरिकाले गरिएकोमा प्रेस क्लब हल्दिवारीले खेद व्यक्त  गरेको छ ।

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article