हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रदेश सरकाको लोकप्रिय कार्यक्रम

हल्दिबारी न्यूज डेक्स ,बिरगंज २१ भदौ /प्रदेश नं.२ सरकारको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री “बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तर्गत नेपाल राष्ट्रिय मा. वि. पटेर्वा सुगौली गाउँपालिका २ नं. वडा रङ्गपुरमा अध्ययनरत कक्षा-८ का ४६ छात्राहरुलाई साईकल वितरण गरिएको छ ।
बिधालय ब्यवस्थापन समितिको अध्यक्ष इजहार मियाको अध्यक्षतामा भएको कार्यक्रममा मा. हरिनारायण रौनियार, मा. मन्जुर अन्सारी, जसपा नेपालको केन्द्रिय सदस्य फिरोज मन्सुर, संघीय परिषद सदस्य सलाउदीन अहमद, प्रदेश सदस्य दिपक यदव, क्षेत्रीय अध्यक्ष नगेन्द्र यादव, र युवा नेता शिव कुमार साहले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा युवा नेता गौरीशंकर साह, भुलन हवारी, रामदेनी यादव, पत्रकार लालबाबु बानिया, पटेर्वा सुगौली गाउँपालिका शिक्षा प्रमुख सम्भु साह, प्रहरी प्रसासन, बिधालयका शिक्षक र बिद्यार्थी एवं स्थानीय नागरिकको सहभागिता रहेको थियो ।-कमला भट्टराई
Enter
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)