हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दिए, देशभक्त नागरिकको मुख थुन्ने प्रयास नगर्न सरकारलाई चेतावनी

काठमाडौं  l नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभक्त नागरिकको मुख थुन्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

Advertisement

आज युवा संघको भेलालाई सम्बोधन गर्दै ओलीले तुइनबाट मान्छे खसाल्दा, नेपाली आकाशमा हेलिकोप्टर उडाउँदा चुइँक्क बोल्न नसक्नेहरूले देशका लागि बोल्ने युवाको मुख थुन्ने, गिरफ्तार गर्ने काम नगर्न चेतावनी दिएका हुन् ।

Advertisement

‘तुइनबाट मान्छे खसालिन्छ । बेपत्ता हुन्छ । तपाईंहरू बोल्नुहुन्न । अमेरिकाले अफगानिस्तान पहिल्यै छाडेको थियो । हेरेर बस्नुभयो । उद्धार गर्नुभएन’, ओलीले भने, ‘यो टालाटुली बटुली, कति राम्री पुतली जस्तो सरकार टालै टाला भयो ।’

भारत भन्न वर्तमान सरकारको सातो गएको ओलीको भनाइ थियो । ‘विकास गर्न नसक्ने, दशौँ हेलिकोप्टर उडाउँदा किन यसो गरेको भनेर सोध्न पनि नसक्ने, नेपालीको अफगानिस्ताबाट उद्धार गर्न नसक्ने, तुइनबाट नेपाली झारिन्छ, प्रतिवेदन आउँछ तर बोल्न सक्दैन । भारत भन्न सक्दैन । सात्तो जान्छ । नेपाल सरकारले भारतलाई थाहा दिन सक्दैन यसो भयो भनेर । नागरिक मारिँदा चुइँक्क बोल्न सक्दैन अनि सडकमा लाठी लिएर आउने बोल्ने देशभक्त युवाविरुद्ध लाग्छ रु’, उनले आक्रोश पोखे ।

वर्तमान सरकारको चाल ‘घरको बाघ, वनको स्याल’ जस्तै भएको ओलीले टिप्पणी गरे । ‘देशका लागि बोल्ने, राष्ट्रियताको पक्षमा बोल्ने युवालाई बोल्न दिइँदैन, गिरफ्तार गरिन्छ । तर, नेपालीमाथि भएको ज्यादतीमा चुइँक्क बोल्न सक्दैन । एउटा पार्टी भए त बोल्न सक्दैन भन्न हुन्थ्यो, पाँचरपाँचवटा छन् । किन नबोलेको रु धाकधक्कु त साना छैनन् । नक्कली कुरा कम छैन तर चुइँक्क बोल्दैनन्’, उनले भने ।

सत्ता गठबन्धनका नेताहरूले विकास निर्माणबारे पनि नबोलेको भन्दै ओलीले आलोचना गरे । ‘हाम्रो सरकार बन्दा एक महिनामा यति गर्ने, योयो गर्‍यौँ, प्रगति यो भयो भनेर बोल्थ्यौँ’, उनले भने, ‘उनीहरूको दिमागमा त देश छैन । चिन्तनमा जनतारसुशासन छैन । विकास छैन । समृद्ध नेपाल सुखी नेपाली भनेको सुन्दा झसङ्ग हुन्छन् । समृद्ध नेपाल किन भन्न सक्दैनन् रु नेपाली सुखी हुँदा के हुन्छरु यिनीहरू किन आत्तिन्छन् रु यी पाँचवटै दलका नेताले सुखी नेपाली, समृद्ध नेपाल भन्ने आँट गरून् त’, उनले भने ।

अध्यक्ष ओलीले एमालेसँग पाँचवटै पार्टीकै सातो गएको दाबी गरे । ‘एमालेसँग यिनीहरूको सातो गएको छ । एमाले चितवनको एक्लो बाघ हो । शुक्लाफाँटाको बथानमा हिँड्ने कृष्णसार होइन’, उनले भने ।

ओलीले एमाले अब लोभीपापी होइन, देश बनाउने संकल्प भएकाहरूको पार्टी हुने दाबी गरे । अहिले पार्टी छाडेकाहरू लोभीपापी भएको र कुनै आदर्शले नभई लोभले पार्टी छाडेको ओलीको आरोप छ ।

उनले एमालेलाई केही ससाना झुण्ड मिलेर, जालझेल गरेर लखेट्न खोजे पनि जनता साथमा रहेको बताए । सरकारबाट लखेटे पनि जनता साथमा रहेको भन्दै ओलीले भने, ‘विकास, राष्ट्रियताको प्रश्नमा सरकारमा हुनु र नहुनुमा असर गर्छ । तर, जनताको विश्वासमा भने सरकारमा भए पनि नभए पनि कुनै असर गर्दैन । जनपक्षीय नीति र कामले अडानले जनमन जितेको छ’, उनले भने ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)