हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

निजामती  दिबसमा सिरहाका कांग्रेस सभापतिको विषेश उपस्थिति आलोचित

हल्दिबारी न्यूज डेक्स :   सिराहा/सिरहा  जिल्लामा  आयोजित निजामती  दिवसमको अबसरमा जिल्ला  प्रशासन  कार्यालयमा  सम्पन्न  कार्यक्रममा  सिरहाका  कांग्रेस  सभापतिको  विषेश  उपस्तिथि  भएको बिषयलाई लिएर  समाजिक  संजालमा  चौतर्फी आलोचना  भएका  छ ।
केहि  दिन  अगाडी   एमालेको  सत्ता  हुँदा सिरहाका  जिल्लाधिशको  कार्यालयमा एमालेका  नेता  कार्यकर्ताको  हालीमुहाली हुन्थ्यो ।  अहिले  कांग्रेसको  छ ।  त्यसैले, अहिले   त्यहाँ  कांग्रेसीको  पुजा  हुन्छ  भन्ने  टिका  टिप्पणी  समाजिक  सञ्जालमा हुन थालेको   छ ।
निजामती  दिवसमा  जिल्ला प्रशासन कार्यालयमा आयोजित  कार्यक्रममा सिरहाका  कांग्रेस  सभापतिको  विषेश उपस्तिथि  हुनुको  कारण  सत्ताको पुजा गरिएको  पुष्टी  भएको  छ।
सिरहाका  प्रमुख  जिल्ला अधिकारी प्रदीपराज  कणेलले  नेपाली  काङ्ग्रेसका सिरहा  जिल्ला  सभापति  रामचन्द्र यादवको  विशेष  आतिथ्यमा  निजामती सेवा  दिवस  मनाउनु  भएको  छ ।  काङ्ग्रेस  बाहेक  दलका  जिल्ला  सभापति इन्चार्ज  अध्यक्ष  नबोलाइएका  हुन  कि नआएका  हुन ।  समेत टिका टिपनि समाजिक  सञ्जालमा  देखा परेको छन् । -खेसारीलाल
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)