समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

क्यान्सर र मिर्गौला रोगीलाई मासिक पाँच हजार सरकारले दिने

हल्दिवारी। सरकारले क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भीर विरामीलाई मासिक पाँच हजार रुपैयाँ उपचार खर्च दिने भएको छ ।

Advertisement

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ता विरामीका लागि मासिक खर्च उपलब्ध गराउने जानकारी दिए ।

Advertisement

शेरबहादुर देउवा नेतृत्वको सरकारले यसअघि नै ०७४ मा यस्ता विरामीका लागि मासिक पाँच हजार रुपैयाँ दिने निर्णय गरेको थियो । त्यसपछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले उक्त निर्णय खारेज गरेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article