हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपाली सेनाको हेलिकप्टर मार्फत पुष्पवृष्टि गर्दै मनाइयो संविधान दिवस

काठमाडौं ३ असोज । आज नेपालको सातौै संविधान दिवस मनाइएको छ ।  टुडिखेलमा आज बिहान विषेश  समारोह आयोजना गरी राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थितमा संविधान दिवस मनाइएको हो ।

Advertisement

उक्त विषेश अवसरमा प्रधानमन्त्री शेरबहादुर प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालगायत उच्च पदस्थ अधिकारीहरू सहभागी रहेको थियो ।

Advertisement

समारोहलाई प्रधानमन्त्री देउवाले सम्बोधन गरेका थिए । उक्त सामारोहमा नेपाली सेनाले हेलिकप्टरमा संविधान दिवस, राष्ट्रिय दिवस बाँधिएको ब्यानर सहित पुष्पवुष्टि गरेको थियो ।

२०७२ साल असोज ३ गते नेपाल संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्ष आज कै दिन विषेश समारोहमा संविधान दिवस मनाइँदै आएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)