हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेत्रहीन विद्यार्थीका लागि दैनिक एक रुपैयाँ संकलन

हल्दिबारी न्यूज डेक्स बिर्तामोड/ नेत्रहीन विद्यार्थीको सहयोगार्थ आदिवासी जनजाति नेत्रहीन संघ झापाले दैनिक एक रुपैयाँ रकम संकलन अभियान चलाएको छ। संघमा आवद्ध सदस्यहरूबाट एक रुपैयाँ संकलन गर्दै छात्रवृत्ति कोष खडा गरिएको संघका अध्यक्ष भोजकुमार तामाङले जानकारी दिए।

Advertisement

संघले २०६७ सालमा देउसी भैलो खेलेर ४० हजार रुपैयाँ संकलन गरी नेत्रहीन विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापनाका गरेको थियो। सोही अभियानलाई निरन्तरता दिँदै हाल छात्रवृत्ति कोषमा एक लाख ३५ हजार रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको अध्यक्ष तामाङले जानकारी दिए। झापा जिल्लाभरिबाट संघमा १०० जनाभन्दा बढी आबद्ध छन्।

Advertisement

संघले आफ्नो ११औं स्थापना दिवसको अवसरमा कनकाई नगरपालिकास्थित सुरुङ्गामा कार्यक्रम गरी तीनजना नेत्रहीन विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरेको छ। कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कोषलाई १० हजार रुपैयाँ प्रदान गरेका छन्।

त्यस्तै‚ कलाकार तथा पत्रकार आइपी भट्टराईले दैनिक एक रुपैयाँका दरले सात वर्षको रकम र सहायक वन अधिकृत दिनेश यादवले नगद २५ सय रुपैयाँ कोषलाई दिएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)