बिर्तामोड/ नेपाली नागरिक पार्टी झापा जिल्ला समितिको निर्माण अनुसार पार्टीको केन्दीय भ्रष्टाचार निवारण बिभाग प्रमुखमा नारायण पौडेल दीपकको नाम सिफारिस भएको छ l

नेपाली नागरिक पार्टी झापाका संपूर्ण पदाधिकारीहरूद्वारा सर्बसम्मत रूपमा झापा जिल्लाको बुद्ध शांन्ति गाउं पालिका बस्ने नारायण पौडेल दीपकको भ्रष्टाचार निवारण बिभाग प्रमुखको लागि पार्टी झापा जिल्लाद्वारा केन्द्रिय कार्यलयमा२०७८/६/२ गते सिफारिसको लागि नाम पठाइएको थियो l

नेपाली नागरिक पार्टी झापाको पदाधिकारीहरुको माग अनुसार निर्णय गरेको हो र नेपाली नागरिक पार्टीको केन्द्रीय भ्रष्टाचार निवारण बिभागको अध्यक्ष प्रकाश नारायण चौधरी द्वारा पौडेलको नाम मनोनित गरी घोषणा गरिएको हो l
झापा नेपाली नागरिक पार्टी जिल्लाको सामान्य समितिको निर्णय अनुसार पौडेललाई नेपाली नागरिक पार्टीको जिल्ला भ्रस्टाचार निवारण बिभाग प्रमुख जस्तो गरिमामय पदमा केन्द्रबाट निर्णय गरेर केन्द्रीय प्रमुख चौधरीले घोषणा गरेको होlआज एक बिज्ञपति प्रकाशित गरी भ्रष्टाचार निबारण प्रमुखमा नारायण पौडेल दीपक मनोनित भएकोमा बधाई तथा शुभकामना दिएको उल्लेख छ।