हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नागरिक पार्टी झापाको पूर्ण बैठक सम्पन्न

देवेन्द्र आलोक/न्यूज डेक्स बिर्तामोड असोज ९/ नेपाली नागरिक पार्टी झापा जिल्ला समितिको पूर्ण बैठक झापाको बिर्तामोड स्थित पार्टी जिल्ला कार्यालयमा सम्पन्न भएको छ ।

Advertisement

प्रमुख अतिथि पार्टी केंद्रिय अध्यक्ष रामचन्द्र छेत्रीले बर्तमान पूंजिबादी संसदीय व्यवस्थाले नागरिक को जीवनको सुरक्षाको ग्यारेण्टी गर्न नसक्ने हुदा देश र नागरिकको हितमा सम्पूर्ण रुपले नेपाली समाजको रुपान्तरणका लागि बैकल्पिक लोकतांत्रिक व्यवस्थाबाट मात्र सम्भव हुने र यस ब्यबस्थाको स्थापनाका निम्ति राज्यले शिक्षा, स्वास्थ्य,रोजगार,सुरक्षा र धार्मिक स्वतन्त्रता गर्नुपर्ने हुदा यस अभ्यासलाई अहिले हाम्रो पार्टीको प्रतिबध्दता हो।उनले त्यसका लागि बैकल्पिक लोकतांत्रिक व्यवस्थाको नेतृत्व गर्ने नया बैकल्पिक राजनैतिक शक्तिहरुको संयुक्त सरकार अपरिहार्य रहेको बताए।

Advertisement

पार्टी झापा जिल्ला अध्यक्ष देवेन्द्रकिशोर ढुंगानाको अध्यक्षतामा भएको सो बैठकले जिल्ला समितिमा जयराम गौतम, राम प्रसाद चापागाई लगायत एक दर्जन सदस्य मनोनयन गरेको छ ।साथै बैठकले पार्टी संगठन सुदृढ र बिस्तार गर्न बडा,गाउ,क्षेत्र नगर भेला गर्ने, सनातन हिन्दूराष्ट्र नेपाल राष्ट्रिय अभियान अन्तर्गत झापा जिल्लामा रैली गर्ने,राष्ट्रियताको पक्षमा संघर्ष गर्ने र हिन्दू युबाहरुको सहभागितामा जिल्ला स्तरमा हिन्दु रक्षक बाहिनी तथा पशुपति सेना नेपाल दस्ता निर्माण गर्ने निर्णयका साथ बैठक सम्पन्न भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)