खुकुरी प्रहारबाट घाइते भएका साधु सन्तोष बाबाको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार अहिले उनी घतरामुक्त भएको जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार आज बिहान साधु शौचालय जाने क्रममा एक जनाले उनलाई पेटमा खुकुरी हानेका थिए ।

प्रहरीले भने घटनामा संलग्नता भएको आशंकामा १२ जनालार्ई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरु माथि अनुसशन्धान भइरहेको प्रहरीले जनाएको छ ।