राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

एमाले विभाजन गर्ने मुख्य योजनाकार माधव र प्रचण्ड हुन् :अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाएर लैजाने बताएका छन् । ललितपुरको गोदावरीमा जारी पहिलो विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

Advertisement

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई विभाजन गर्ने काम गरेको आरोप लगाए । अध्यक्ष ओलीले कम्युनिष्ट पार्टीका नाममा सत्ता र पदमा लोभिएर जानेहरू र दक्षिणपन्थीहरुले पार्टीविरुद्ध घेराबन्दी सुरु गरेको भन्दै त्यसको प्रतिवाद गर्नुपर्नेमा जोड दिए ।

Advertisement

ओलीले एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधवकुमार नेपाल भएको आरोप लगाए । अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने माधव नेपालको योजनामा साथ नदिएर पार्टी एकताको पक्षमा उभिएको भन्दै उपाध्यक्ष भीम रावलसहितका नेताहरूले स्वागतयोग्य काम गरेको टिप्पणीसमेत गरे ।

त्यस्तै ओलीले पार्टी विभाजन गर्न सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुखले समेत सहयोग गरेको बताएका छन् । ओलीले प्रस्तुत गरेको ४४ पृष्ठको राजनीतिक प्रतिवेदनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय र पार्टीभित्रको आन्तरिक विषयाको विस्तृतमा व्याख्या गरिएको छ । १० बुँदे सहमतिको पृष्ठभूमी केलाउँदै माधव नेपालको पार्टी विभाजन प्रयासमा साथ नदिने सबैलाई विशेष धन्यवाद र स्वागत पनि गरिएको छ । यस्तै अध्यक्ष ओलीले नेकपाको एकता प्रचण्डले तोडेको समेत बताएका छन् ।

राजनीतिक प्रतिवेदन पेश गर्ने क्रममा उनी अस्वस्थ भएपछि उक्त प्रतिवेदन शंकर पोखरेलले पढेका थिए । यस्तै ओलीले संविधान जारी हुनबाट रोक्ने विभिन्न चलखेल भएको स्मरण गराएका छन् । ‘संविधान जारी हुनबाट रोक्न वाह्य हस्ताक्षेप भित्र्याइयो । प्रायोजित आन्दोलन भए,’ उनले भने, ‘तर, त्यसलाई बेवास्ता गर्दै हामीहरूले संविधानसभाबाट संविधान जारी गर्‍यौँ ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article