कमला भट्टराई/ असोज १५/ नेपाली नागरिक पार्टी काठमाण्डौ जिल्ला कमिटी अन्तर्गत बुढानिलकण्ठ नगर पालिका-५ बडा कमिटीमा बिष्णु कार्कीको अध्यक्षतामा ११सदस्यीय बडा कमिटी निर्बाचित भएको छ।

भर्चुल भेलालाई सम्बोधन गर्दै नेपाली नागरिक पार्टी केन्द्रीय अध्यक्ष रामचन्द्र छेत्रीले राजनीति सत्तामा युबाहरुको समान अधिकार प्राप्ति नभएसम्म नेपाली समाजको रुपान्तरण असम्भब भएको बताए।उनले पार्टी संगठनको माध्यमव्दारा राष्ट्रिय राजनीतिमा युबा बर्गलाई राष्ट्र निर्माणका लागि राष्ट्रिय आन्दोलनसंग जोडेर अगाडी नबढेसम्म राष्ट्रिय आन्दोलनको कार्यभार पुरा नहुने सुझाए।

भेलामा पार्टी प्रबक्ता देवेन्द्रकिशोर ढुंगानाले पूंजिबादी व्यबस्थाको माध्यमबाट नेपाली समाजको स्वरुप परिबर्तन गर्न आबश्यक रहेको बताउदै पार्टीमा युबा सक्रियता बढाएर संघर्षलाई “पहिचानका लागि अधिकार”भन्ने नाराका साथ अगाडी बढन जोड दिएका छन।
भेलामा पार्टी काठमाण्डौ जिल्ला इन्चार्ज ज्ञानेन्द्र छेत्रीले नव निर्वाचित कमिटीलाई बधाई तथा धन्यवाद ज्ञापन सहित पार्टीमा युबा बर्गको सहभागिता उत्साहजनक रहेको बताए ।