रिसवराज निरौला – बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका सनिश्चरे बजारमा स्थापना भएको शंकर अस्पतालले त्यस क्षेत्रका जनताको लागी विषेश दन्त चिकित्सकको सेवा दिन शुरु गरेको छ ।

लामो समय विभिन्न अस्पतालमा दन्त विशेषज्ञको रूपमा काम गरिसकेका डाक्टर आशिष भण्डारीले उक्त अस्पतालमा विशेषज्ञ सेवा दिने अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका संचालक सुजन सिवाकोटीका अनुसार डाक्टर भण्डारीले प्रत्येक शनिबार बिहान ९ देखि ११ बजेसम्म निशुल्क जाँच ,उपचार र परामर्श सेवा प्रदान गर्ने छ्न ।
झापाको उत्तरी भेगलाई लक्ष्यित गरि शुरु गरिएको अस्पताल सस्तो ,गुणस्तर उपचारका लागि जनमानसमा बिश्वास जित्दै गएको अस्पतालका विशेषज्ञ डा. सन्तोष यादव बताउनु हुन्छ ।