स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपालमा हालसम्म ७ लाख ७३ हजार संक्रमित निको

काठमाडौं । नेपालमा हालसम्म नेपालमा हालसम्म ७ लाख ७३ हजार संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार मात्रै ९११ जना निको भएका छन् । बिहीबार थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ६७२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

Advertisement

मन्त्रालयका अनुसार सोही अवधिमा ८ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २८२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ७९० जना पुगेको छ ।

Advertisement

संक्रमितमध्ये हालसम्म ७ लाख ७३ हजार जना निको हुँदा ११ हजार २०० जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित १५ हजार ९४२ जना रहेका छन् ।
मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा बिहीबार थप २९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौँमा २०७, भक्तपुरमा ३४ र ललितपुरमा ५३ जना संक्रमित थपिएका हुन्।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article