हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

झापामा कोरोनाबाट २१ दिनमा ३२ जनाको मृत्यु

कमला भट्टराई/न्यूज डेक्स झापा / झापामा कोरोना संक्रमणका कारण २१ दिनको अबधिमा ३२ जनाले ज्यान गुमाएका छन । कोरोना भाइरस संक्र्रमणको चेन ब्रेक गराउन भन्दै झापामा झण्डै अढाई महिना निषेधाज्ञा लगाइएको थियो । तर, निषेधाज्ञाका कारण व्यापार व्यवसाय देखी दैनिक जीवन यापनमै समस्या भइरहेको व्यापक जनगुनासोपछि झापाका आम नागरिकको जीवन सामान्य तर्फ फर्काउन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई खुला गरिदियो ।
चाडबाडमा व्यापार व्यवसाय र किनमेललाई ध्यानमा राख्दै निषेधाज्ञा खुकुलो बनाइए पनि झापाको अवस्था सोचेजस्तो सहज नभएको स्वास्थ्य कार्यालय झापाको तथ्यांकले देखाएको छ । स्वास्थ्य कार्यालय झापाले हरेक दिन सार्वजनिक गरिरहेको तथ्यांकमा कोरोना संक्र्रमण दर र मृत्यु हुनेको संख््या अझै शून्यमा आउन नसकेको देखिन्छ । संक्र्रमण दर र मृत्यु दरको संख््या हेर्दा झापामा जोखिम कायमै रहेको पाइएको छ ।
पछिल्लो समय मात्रै एकैदिन झापामा बिर्तामोडका १५ जनासहित ३२ जनामा कोरोना पुष्टि भयो । तीन जना संक्र्रमितले ज्यान गुमाए । झापामा हालसम्म २५ हजार १४ जनामा कोरोना पुष्टि भइसकेको छ भने उपचार पछि डिस्चार्ज हुनेको संख््या २३ हजार ८ सय २४ रहेको छ । स्वास्थ्य कार्यालयका अनुसार ६२४ जनाले कोरोनाका कारण ज्यान गुमाएको झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।
असोज १ गतेदेखि २१ गतेसम्म मात्रै झापामा ३२ जनाले कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)