हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रहरीले गोली चलाउँदा रुपन्देहीमा तिन जनाको मृत्यु

रुपन्देही – २४ असोज । शसस्त्र प्रहरीले गोली चलाउँदा घाइते भएका तिन जनाको मृत्यु भएको छ । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमास्थानीय र प्रहरीबीच झडप हुँदा रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको थियो ।

Advertisement

गोली लागि घाइते भएका तिन जनाको उपचारको क्रममा भैरहवाको युनिभर्सल मेडिकल कलेजमा ज्यान गएको बताइएको छ । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले दिएको जानकारी अनुसार उक्त झडपमा १४ जान घाइते भएका छन् ।

Advertisement

उक्त स्थितिलाई सामान्य बनाउनस्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ । आज ४ बजेबाट लागु हुने गरी अर्को सुचना अनाए सम्मका लागि पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका-१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यु जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।

औधोगिक क्षेत्र कब्जा गरी बसेकाहरुलाई हटाउन खोजेपछि झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)