समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

जनकपुरमा खानेपानी प्रमुखमाथि भएको दुर्व्यवहारको विरोधमा हेटौँडामा इन्जिनियरहरुको विरोध प्रदर्शन

वाग्मती – वाग्मती प्रदेशको राजधानी हेटौँडामा इन्जिनियरहरुले जनकपुरमा सरकारी इन्जिनियरमाथि भएको दुव्र्यवहारको विरोधमा आज प्रदर्शन गरेका छन् । खानेपानी तथा ढल निकास एवम् व्यवस्थापन कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहमाथि भएको दुव्र्यवहार गरेको विरोधमा हेटौँडामा विरोध प्रदर्शन भएको हो ।

Advertisement

प्रदर्शनमा ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल’को आयोजनामा मकवानपुरका सरकारी कार्यालय र निजी क्षेत्रका इन्जिनियरको सहभागिता थियो । हेटौँडाको बुद्धचोकमा भएको सो विरोध प्रदर्शनका क्रममा इन्जिनियरहरुले ब्यानरसहित हातमा कालोपट्टी वाँधेर दोषीमाथि कारबाहीको माग गरेका थिए ।

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article