बिर्तामोड । नेकपा एमाले पार्टीले झापाको विर्तामोडमा आयोजित कार्यक्रममा आज तीन हजार बढी नेता कार्यकर्ताहरु एमाले पार्टीमा प्रवेश गरेका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको विशेष उपस्थिती रहेको कार्यक्रम मार्फत हजारौं सहभागीहरु एमाले पार्टी प्रवेश गरेका हुन् । नेकपा एमालेका नेता तथा सांसद सुवास चन्द्र नेम्वांग र लेखराज भट्टको हातबाट टिका लाएर एमाले पार्टीमा प्रवेश गरेका हुन् ।

आज एमाले पार्टी प्रवेश गर्ने मध्य १५०० जति नेकपा माओवादी केन्द्रका नेता र कार्यकर्ताहरु थिए । पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई आफ्नो स्वार्थ अनुरुप चलाएको भन्दै हजारौं नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्दै गरेका एक कार्यकर्ताले भने , “म माओवादी केन्द्रमा कार्यकर्ता भएर वर्षौं हिंडे तर काम भन्दा बढि प्रचण्डले गरेको कामको बचाउ गर्दै हिड्नु पर्यो । प्रचण्डबाट देश विकासको आश नरहेकोले अबको आश भनेको केपी शर्मा ओली नै रहेको त्यसैले हामी आफ्नो खुशीले एमाले पार्टीमा प्रवेश गरेका हौँ ।”
केपी शर्मा ओली आज झापा आईपुगेका हुन् । ३ दिनको बसाईमा झापा आईपुगेका केपी शर्मा ओलीले आज आफ्नो बुवालाई भेटेर आशिर्वाद समेत लिएका थिए ।