स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा दिपेन्द्ररमण सिंह

सरकारले डा। दिपेन्द्ररमण सिंहलाई फेरि स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाएको छ । डा।सिंहलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले गत साउनमा उनलाई जिम्मेवारीबाट हटाएको थियो । तर, उनै सिंहलाई जिम्मेवारीबाट हटाएको साढे दुई महिना नबित्दै पुनः जिम्मेवारी दिइएको हो ।

Advertisement

त्यतिबेला स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री देउवाले सिंहको ठाउँमा कान्तिबाल अस्पतालका निर्देशक डा। आरपी बिच्छालाई नियुक्त गरेका थिए । डा। बिच्छाले अवकाश पाउन तीन महिना बाँकी रहँदा प्रधानमन्त्री देउवाले विभागको महानिर्देशकको जिम्मेवारी सुम्पिएका थिए । नियमअनुसार अवकाश पाउन एक वर्ष बाँकी हुँदा सरुवा गर्न नपाइने अवस्थामा पनि नियम मिच्दै बिच्छालाई महानिर्देशकको जिम्मेवारी दिइएको थियो ।

Advertisement

११ औं तहका डा।विच्छाले आइतबारदेखि नै सेवाबाट अनिवार्य अवकाश पाएका छन् भने स्वास्थ्य मन्त्रालयमा तानिएका डा। सिंहले आजैबाट महानिर्देशकको जिम्मेवारी सम्हालेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्ण प्रसाद पौडेलले बताए ।

स्वास्थ्यमन्त्री बिरोध खतिवडा भएपछि शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट डा। सिंहले पुनः महानिर्देशकको जिम्मेवारी पाएका हुन् । (रातोपाटीबाट )

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article