समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

आयोजनाहरु समयमै सम्पन्न गर्न मेयर दाहालको आग्रह

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ठुला ठुला आयोजना निर्माणको ठेक्का लिएका व्यवसायीहरुलाई समयमै कार्य सम्पन्न गर्न आग्रह गरेकी छिन् । उनले ठूला ठूला आयोजनाहरू निर्माणको जिम्मा लिएर बिभिन्न बहाना बाजी गर्दै समयमै काम नगरेकोमा आपत्ति जनाउदै अब यस्तो कुनै पनि प्रकारका बहानाबाजी आफूहरूलाई मान्य नहुने बताएकी हुन् ।आइतबार भरतपुर महानगरपालिकाले महानगर भित्र संचालित सघन शहरी विकास तथा भवन कार्यालय, डिभिजन सडक कार्यालय तथा महानगरपालिका अन्तर्गत संचालित विकास सम्बन्धी दर्जन बढी आयोजनाहरूको प्रगति समिक्षा कार्यक्रममा बोल्दै यस्तो धारणा राखेकी हुन् ।

Advertisement

कार्यक्रममा प्रमुख दाहालले ३ बर्षको ठेक्का सम्झौता गर्ने कार्यालय र निर्माणको जिम्मा लिने निर्माण व्यवसायीको काम गराईले आफूहरुलाई हैरान बनाएको भन्दै यसरी अब नचल्ने उल्लेख गरिन् । कार्य प्रगति प्रति आक्रोश पोख्दै उनले भनिन्, ‘३ बर्ष ठेक्का सम्झौताको अवधी रहेका आयोजनाहरूको ४ बर्ष पुगिसक्दा पनि ५५, ६० प्रतिशत प्रगति नहुनु के हो ?’

Advertisement

उनले बहानाबाजी गरेर काम नगर्ने छुट कसैलाई नभएको भन्दै सम्बन्धित कार्यालयका प्रमुख र निर्माण व्यवसायीहरुलाई कार्यतालिका बनाएर तत्काल काम सम्पन्न गर्न निर्देशन समेत गरिन् । कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरीले जन उत्तरदायी भएर काम गर्न सरोकारवाला निकायलाई आग्रह गरिन् ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदीले तोकिएकै समयमा निर्माण कार्य सम्पन्न नगर्नु राज्यको स्रोत साधनको दुरूपयोग गर्नु हो भन्दै यस्तो दुरूपयोग गर्ने छुट कसैलाई नभएको बताए ।
कार्यक्रममा सघन शहरी विकास कार्यालयका प्रमुख प्रकास अर्याल, डिभजन सडक कार्यालयका प्रमुख बाबुराम सापकोटा, भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहाल लगायतका सरोकारवाला कार्यालयका प्रमुखहरुका साथै आयोजनाहरूका निर्माण व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article