स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

फेरि संक्रमण फैलिएपछि तीन वर्षमाथिका बालबालिकालाई कोभिड खोप दिइने

चीनमा तीन वर्षदेखि माथिका बालबालिकालाई पनि कोभिड खोप दिइने भएको छ । पछिल्ला दिनमा विभिन्न प्रान्तमा कोभिड महामारी फैलिएसँगै तीन वर्षसम्मका बालबालिकालाई खोप दिइने भएको हो ।पाँच ओटा प्रान्तका सहर र प्रान्तीय सरकारहरुले सूचना जारी गर्दै तीनदेखि ११ वर्षका बालबालिकालाई खोप दिनुपर्ने जनाएका छन् ।

Advertisement

चीनमा ७६ प्रतिशत जनसंख्याले पूर्णखोप लगाइसकेका छन् । चिनियाँ अधिकारीहरुले कोभिडप्रति चीनको शून्य सहनशीलता रहेको बताउँदै आएका छन् ।विभिन्न स्थानमा फैलिएको महामारी नियन्त्रण गर्न सरकारले नयाँ कदम चालिरहेका बेला फेरि खोप अभियान तीब्र पारिएको छ ।

Advertisement

महामारी नियन्त्रण गर्न चीनले लकडाउन, क्वारेन्टाइन र अनिवार्य परीक्षणलाई तीब्रता दिँदै आएको छ । १ अर्ब ४० करोड जनसंख्या भएको चीनमा अहिलेसम्म १ अर्ब ७ करोडले पूर्ण खोप लगाइसकेका छन् ।पछिल्लो समयमा चीनले चाँडो फैलने डेल्टा भाईरस संक्रमणप्रति चासो देखाउदै आएको छ । भाइरस फैलिएसँगै सरकाले यसै साता आयोजना हुने बेइजिङ म्याराथुन स्थगित गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article