हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रधानन्यायाधीश राणाले पदमा बस्ने नैतिक आधार गुमाइसकेः कमल थापा

राप्रपाका अध्यक्ष कमल थापाले प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले पदमा बस्ने नैतिकता गुमाएको टिप्पणी गरेका छन्। राणाले नैतिकता गुमाएकोप्रति विवाद नभएको थापाले बताए। राणाको राजीनामा माग्दै न्यायाधीशले गरेको कार्यप्रति भने उनले आपत्ति जनाए।

Advertisement

‘इजलास बहिष्कार गर्ने,न्याय निरुपण नगर्ने, न्यायपालिका भित्र राजनीतिरगुटबन्दी गर्ने काम न्यायधीशको होइन’, थापाले ट्विट गरेका छन्।

Advertisement

न्यायाधीशको कार्य अमर्यादित भएकाले इजलास रोकिन नहुने उनको तर्क छ। प्रधानन्यायाधीश पटक पटक विवादमा तानिएपछि न्यायाधीशहरुले उनले तोकेको इजलास बहिष्कार गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)