हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

मुस्लिम आयोगव्दारा जनचेतना कार्यक्रम सम्पन्न

कमला भट्टराई/न्यूज डेक्स झापा जिल्लाको बिर्तामोड नगरपालिका वडा नं.- ७ गारामनी र मियाँ बाड़ी स्थित ईदगाह र मदरसामा मुस्लिम आयोगको आयोजनामा अगामी जनगणना सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ। मुस्लिम आयोगको तर्फ बाट जनगणना सम्बन्धित जनचेतना कार्यक्रम झापामा पहिलो पटक भएको हो।

Advertisement

जसमा मुस्लिम हरुले आफ्नो जनगणना सही र सक्षम भएर दिन सक्ने भएको नुरी जामा मस्जिद का अध्यक्ष मोहम्मद रहमान ज्यू ले बताएका छन्। उक्त कार्यक्रम मा प्रमुख अतिथिका रूपमा नेपाल मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारी र पूर्व राज्यमन्त्री ज़ाकिर हुसैन र मुस्लिम आयोगको झापा जिल्लाका सहयोगी तथा मस्जिद मदरसा अनुगमनका संयोजक सईद उल शेख, गारामनी मस्जिद समितिका अध्यक्ष रहमान ज्यूँ,झापा गाउँ पालिका का शिक्षक उजाल अली शमसाद आलम, भद्रपुर मदरसा समितिका सचिव इंताज शेख, मस्जिद समितिका सचिव जाहिर रहमान , बिर्तामोड स्थित मस्जिद समितिका सचिव सञ्जय शेख, मियाबाड़ी मस्जिद मदरसा समितिका अध्यक्ष मजीद मो. लगायत धर्मगुरुहरु अतिथिको रूपमा रहेका थिए।

Advertisement

गारामनी स्थित 9 कट्ठा जग्गामा मदरसा भवन बनाउने बारे कार्यक्रममा मुस्लिम आयोगको अध्यक्ष समीम मियाँ अन्सारी ले गारामनी स्थित मदरसाको नाम रहेको 9 मठ्ठा जग्गा मा मदरसा भवन बनाउने र उक्त भवन को बजेट पास गराउने जानकारी गराउनु भयो साथै पूर्व राज्यमंत्री जाकिर हुसैनले मदरसा भवन बनाउनमा सक्दो सहयोग गर्ने र मदरसा निर्माण गर्ने बारे स्थानीय समुदाय लाई वचन दिनुभएका हुन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)