समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रहरीको ज्यान लिने आठ जनालाई जन्मकैद, एक जनालाई सफाइ

धनगढी –सम्बाददाता – haldibari.com 

Advertisement

ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको ह’ ‘त्या गरेको पुष्टि गर्दै जिल्ला अदालत कैलालीले नौ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

Advertisement

१ कात्तिक २०७७ मा धनगढी उप–महानगरपालिका–११ जुगेडास्थित अस्थाइ प्रहरी पोष्टमा कार्यरत प्रहरी निरीक्षक बिक र जवान साउदको मोहनाघाटमा ह’ ‘त्या भएको थियो । ह’ ‘त्या आरोपमा प्रहरीले ४ कात्तिकमा सात जना र त्यसपछि थप तीन जना गरी १० जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये केराउ व्यापारी तथा घटनाका मुख्य डिजाइनर भनिएका राजीव गु’प्ता यसअघि धरौटीमा छुटेका थिए । उनले भने मंगलबार सफाइ पाएका छन् । पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका अन्य नौ जनालाई अदालतले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो । मंगलबारको पेशीमा जिल्ला न्यायाधीश जयानन्द पनेरुको इजलासले नौ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

जन्मकैद सजाय पाउनेमा धनगढी उपमहानगरपालिका–१० का २३ वर्षीय पर्कु भनिने रोहित राना, अर्का रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, २२ बर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना, धनगढी–११ का २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन् ।

१ कात्तिक ०७७ मा भारतबाट अ’वै’ध रुपमा केराउ नेपालतर्फ ल्याउने क्रममा नेपाल–भारत सीमाक्षेत्र मोहनाघाटमा प्रहरीले रोक्न खोजेपछि ह’ ‘त्या गरिएको पक्राउ परेका नौ जनाले स्वीकार गरिसकेका थिए ।

अदालतको फैसलाले प्रहरीको मनोबल बढेको छ:-स् डिएस्पी

जिल्ला अदालत कैलालीले प्रहरी हत्यामा संगलग्न  आरोपमा पक्राउ परेका नौ जनालाई जन्मकैदको फैसला सुनाएकोमा प्रहरीले स्वागत गरेको छ । ‘अदालतको निर्णयपछि ड्युटीमा रहेका प्रहरीलाई हातपात गर्दा कानुनले छाड्दैन भन्ने सन्देश गएको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएस्पी प्रतिक विष्टले भने, ‘यसले प्रहरीको मनोबल बढेको छ ।’ उनले अदालतको फैसलापछि प्रहरीलाई काम गर्न सजिलो हुने बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article