स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

आज कति संक्रमित थपिए र, यस्तो छ २४ घण्टाको विवरण

पछिल्लो चौबीस घण्टामा नेपालमा ६७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ९ हजार ४९५ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार १६७ पीसीआर परीक्षणमा ५८२ जना र दुई हजार ३२८ एन्टिजेन परीक्षणमा ९० जनामा कोरोना पुष्टि भएको हो ।

Advertisement

त्यस्तै, चौबीस घण्टामा ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ३८० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ४९५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ८९ हजार १२५ जना पुगेको छ ।

Advertisement

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख १० हजर ८८० र एन्टिजेन विधिबाट ९४ हजार ३०५ जना पुगेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article